काठमाडौं : पृथ्वीजयन्तीका क्रममा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्मण गर्न जाने क्रममा सामान्‍य झडप भएको थियो। यद्यपि, अध्यक्ष राणालगायत राप्रपा नेताहरूले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।

बाजागाजासहित र्‍यालीमा सहभागीहरु मूल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। प्रहरीले जबरालगायतलाई धरपकड गर्न खोजेपछि केही समय धकेलाधकेल भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाएका थिए। प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेको उत्तेजित भिडलाई प्रहरीले रोक्न खोजेको थियो।