काठमाडौँ-नायिका सुहाना थापालाई उत्कृष्ट डेब्यू नायिकाको अवार्डले सम्मान गरिएको छ।

१२औँ राष्ट्रिय बक्स अफिस अवार्ड २०२० मा थापालाई यो अवार्डले सम्मान गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी अभिनित चलचित्र ‘ए मेरो हजूर ३’ सफल भएको थियो। साथै सुहानाको अभिनयको तारिफ पनि भएको थियो।

सुहानाले डेब्यू चलचित्रमा चर्चित नायक अनमोल केसीसँग सहकार्य गरेकी थिइन्।

यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी थिइन्।