काठमाडौं (एजेन्सी)। तपाईँले कहिल्यै गाडीमा साँचो विर्सनु भएको छ ? यदि छ भने अब अधिक चनाखो हुनुपर्ने भएको छ। यस्तै गाडीमा साँचो विर्सेपछि भारतमा एक अनौठो घटना भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार घटना पञ्जावमा भएको हो।

एक व्यक्तिले सडकमा एक कार रोके र केही किन्न एक पसलतर्फ गए। जब उनी कार भएको स्थानमा आए। उनले कार देखेनन्। उनको सात्यो गयो। किनकी गाडीमा उनकी श्रीमती पनि थिइन्। तर, एकैछिनमा श्रीमतीको फोन आयो। र उनी निकै डराएकी थिइन्। उनले कार चोरहरुले चोरेर लगेको श्रीमानलाई जानकारी दिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ती व्यक्तिले आफ्नो कार चोरी भएको प्रहरीमा रिपोर्ट गरेका छन्। प्रहरीका अनुसार चोरहरुले गाडीमै रहेकी महिलालाई पाँच किलोमिटर टाढा लगेर छोडिदिएका थिए। प्रहरीले सो कार फेला परेको छैन। र खोजी कार्य जारी रहेको बताएको छ।