भद्रपुर । मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गहिरोका सात जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन ।
पक्राउ पर्नेमा माइ नगरपालिका–६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी रहेका छन् । त्यस्तै पाचँथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । प्रहरीले उनीहरु साथबाट झापा लगायतका बिभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाँकी १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेका हो ।
मोटरसाइकल चोरी भएको उजुरी परेपछि पछिल्लो २४ घण्टामा प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्दै उनीहरुलाई पक्राउ गर्न सफल भएको डिएसपी रिजालले बताए । बिर्तामोडमा डेरा गरि बस्दै आएका युवाहरुले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको बताउँदै डिएसपी रिजालले भने, हरेक दिन साँझ परेपछि प्र्रहरीमा मोटरसाइकल हराएको उजुरी पर्न थाल्यो, एकै समयमा धेरै वटा मोटरसाइकल हराए पछि प्रहरीले यस घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धानलाई अघि बढाउँदा सफलता मिल्यो । प्रहरीले शनिवार पाँच जनालाई इलामबाट पक्राउ गरि झापा ल्याएको उनले बताए । पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah