धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरी रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एटिएम मेसिन तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।