५५ प्रतिसतको शेयर लिँदै शुक्रवार बाट चलचित्र 'एउटा यस्तो प्रेम कहानी' प्रदर्शनमा आउँदै छ l शिव श्रेष्ठ र प्रदर्शक गोपाल कायस्थको सम्झौता हुँदै चलचित्र लाई ५५ प्रतिशत सेयर दिएको यो पहिलो चलचित्र हो l यस अघि मल्टीप्लेक्समा रिलिज भएका चलचित्रहरूले ५०, ४५ ४० र ३५ को हकमा सेयर पाउँदै आइरहेका थिए l सिङ्गल र मल्टीप्लेक्स दुवै हलले चलचित्रलाई ५५ प्रतिशत सेयर दीने समझदारी भएको हो lकोरोना भाइरसका कारण १० महिनादेखि बन्द रहेका हलहरू खुलाउने निर्णय सरकारले गरेसँगै रिलिज हुन लागेको यो फ्रेस चलचित्र हो । यसअघि हल सञ्चालकहरूले पौष १० गतेबाट एकतर्फी रूपमा हल सञ्चालनमा ल्याए पनि नयाँ चलचित्र रिलिज हुन सकेका थिएनन् ।दिपेस सापकोटाको निर्देशन रहेको फिल्मको निर्मातामा शिव श्रेष्ठ, यशोदा राई तुम्बाहाम्फे र दिनेश दर्शनधारी छन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नायक श्रेष्ठले विश्वभर महामारीको रूपमा आएको कोरोनाको कारण नेपालको चलचित्र उद्योगले भोगेको समस्यालाई दृष्टिगत गरी चलचित्रको छायाँङकन र प्रदर्शन खुलाउन चलचित्रकर्मीहरूले ठुलो प्रयास गर्नुपरेको बताए ।चलचित्र वितरणको जिम्मा जी.जी.ग्रुप,बि.के.फिल्मस र एफ.डी.ले लिएको छ । फिसटेल मुभिज् प्रा.लिको ब्यानरमा बनेको यस चलचित्रको डिजिटल राइट ट्रि इन्टरटेनमेण्टले लिएको हो । खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर सह निर्माता रहेको फिल्ममा नायक शिव श्रेष्ठ , प्रियंका कार्की, आयुष्मान् देशराज जोशी,वर्षा राउत,संजोग कोइराला, बसुन्धारा भुसाल,आड.तेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङ.,रेखा फागो, नरेन खड्का,ध्रुव कोइराला,प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय रहेको छ ।
५५ प्रतिशत सेयर सहित शुक्रवार बाट 'एउटा यस्तो प्रेम कहानी'
Sawal Nepalसंवाददातामंगलबार, २८ पुस २०७७

५५ प्रतिशत सेयर सहित शुक्रवार बाट 'एउटा यस्तो प्रेम कहानी'
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



