झापा,दमक रोटरी क्लब अफ दमकले स्थापना गरेको RCC दमक ताराबारी र रोट्याक्ट क्लव अफ दमकको संयुक्त आयोजनामा सन्चालन गरिएको साताब्यापी आमाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्यक्रम आज सम्पन्न भएको छ ।
RCC दमक ताराबारीका सदस्य होमनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ३का वडा अध्यक्ष नवीन बरालको प्रमुख आतिथ्यता रहेको थियो।रोटरी क्लब दमक अध्यक्ष शान्ता ढकाल रोट्याक्ट क्लब अफ दमक अध्यक्ष दधिराम ढकाल रोटरी क्लब अफ दमक उपाध्यक्ष पदम बराल लगायतका ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो।
सातदिने कार्यक्रममा फरक फरक क्षेत्रका विभिन्न ब्यक्तित्वहरुले कक्षा सन्चालन गर्नु भएको थियो।कार्यक्रमले आफुहरुमा आत्मबिस्वास बढेको र अब जुन सुकै कार्यक्रम सभा समारोहमा अगाडि सरेर बोल्ने र गाउँघरमा पछी परेर नबस्ने कार्यक्रममा तालिममा सहभागी बन्नु भएकी सीता ढकालले बताउनु भएको छ ।गाउँमा कार्यक्रम ल्याएर महिलाहरुको नेतृत्व विकासमा सहयोग पुर्याएकोमा रोट्याक्ट क्ल्ब अफ दमकलाइ धन्यवाद दिदै आगामी दिनहरुमापनी यस्तै सिर्जनात्मक रचनात्मक तथा सीप बिकासका तालिमहरु प्रदान गर्न तालिममा सहभागी ५२ बर्ष उमेरकी शोभा पाण्डेले अनुरोध गर्नु भएको थियो।

आफ्नो वडामा यसरी रोटरी क्ल्बले RCC स्थापना गरि यहाँका मानिसहरुको जीवन स्तर उकास्न तथा क्षमता विकासका बिबिध क्रियाकलाप गर्दै आएकोमा रोटरी क्लब र रोट्याक्ट क्लब दमकलाई धन्यवाद दिनु भएको थियो र आगामी दिनहरुमा यस्तै सहयोग रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो।समापन कार्यक्रम सात दिने आमा सक्नु हुन्छ कार्यक्रममा सहभागी बनेकी चम्मा खनाल आचार्यले सन्चालन गर्नु भएको रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईंले बताउनु भएको छ ।



