काठमाडौं : आउँदो माघ १ गतेबाट नेपालका अधिकांश नाटकघर खुल्ने भएका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले विज्ञप्ती जारी गर्दै खबर पुष्टि गरेको हो।

कोभिड-१९ महामारी र संक्रमण नियन्त्रणका लागि भएको लकडाउनको प्रभाव रङ्गमञ्चमा पनि परेको छ। उद्योग, व्यापवार तथा व्यवसायसँगै कला र मनोरञ्जनको माध्यम रङ्गमञ्च शिथिल रह्यो।

नाटकघरहरू बन्द भए। नाट्य मञ्चनहरू रोकिए। रङ्गकर्मीहरु आर्थिक र मानसिक रुपमा संकटमा परे। यस क्षेत्र ठप्प रहेको करिव १० महिनापछि भने नाटकघरहरू खुल्न लागेका हुन्।

नाटकघर संचालन गर्दा दर्शकहरुबीच भौतिक दुरी राखिने, मास्क अनिवार्य र स्यानिटाइजर उवलब्ध गराउने बताइएको छ। त्यस्तै मञ्चन हुने कुनै पनि नाट्य प्रस्तुतिहरू एक घण्टाभन्दा लामो नहुने जनाइएको छ।

यस्ता छन् नाटकघर र तोकिएका कार्यक्रम :

माघ १ गते विहीवार शिल्पी थिएटरमा नाटक ‘६ पात्रको एकालाप’ शिल्पी थिएटरमा। नाटक दिउसो ४ बझे सुरु हुनेछ।

त्यस्तै माघ २ गते साँझ ५ बजे कौसी थिएटरमा ‘हराउँदै भेटाउँदै’ शीर्षकमा प्लेब्याक थिएटर हुनेछ।

विराटनगरको झोराहट थिएटरमा माघ ४ बिहान ८ बजे गते नाटक ‘कोरोना टाइम्स’ मञ्चन हुनेछ। त्यस्तै विराटनगरकै आरोहण गुरुकुलमा माघ ५ गते दिउसो ३ बजे नयाँ नाटकको नमूना मञ्चन र छलफल हुने जनाइएको छ।

माघ ६ गते पोखरा थिएटरले नाटक महोत्सव घोषणा गर्दैछ।

माघ ७ गते दिउसो ३ बजे मण्डला थिएटरमा ‘कोरोना अघि र पछिको रङ्गमञ्च र अबको बाटो’ शीर्षकमा संवाद हुने जनाइएको छ। माघ ८ गते शैली थिएटरमा ‘शैली संवाद’ शीर्षकमा दिउसो १ बजे छलफल हुनेछ।

माघ ९ गते थिएटर मल कीर्तिपुरमा ‘पोयट्री पटरी’ नाम दिइएको कार्यक्रममा रङ्गकर्मीहरूले कविता सुनाउँनेछन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah