यस अघि टिभिएस मोटरसाइकल मार्फत ख्याती कमाएको शंकर ग्रुप अन्तरर्गतको जगदम्बा मोटर्सले आज मलेसियन गाडी ब्राण्ड प्रोटोन औपचारिक रुपमा नेपाल भित्राउँदै छ।

कम्पनीले बुधबार साँझ ५ बजे प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण ब्राण्ड लन्च गर्न लागेकाे हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसारका ७० भन्दा धेरै देशमा उपलब्ध यो ब्राण्डको ४.४ मिलियन प्रयोगकर्ता रहेको कम्पनीको दावी छ।

जगदम्बा मोटर्सले पहिलो चरणमा साँगा स्ट्याडर्ड एमटी र सागा प्रिमियम एटी बजारमा ल्याउन लागेको हो।

याे गाडीकाे १२९९ सिसीको इन्जिन ५ हजार ७ सय ५० आरपिएममा ९१ पिएस पावर र ४ हजार आरपिएममा १ सय १७ एनएम टर्क जेनेरेट गर्छ।

यसमा स्मार्ट फोन कनेक्टिभिटी, एयर कन्डिसनिङ र हिटर, पावर विन्डो लगायतका फिचर्स छन्।

सुरक्षाको लागि यसमा एयर ब्याग, एबिएस, हिल असिस्ट, रेयर पार्किङ सेन्सर, रेयर पार्किङ क्यामरा, एन्टी थिप अर्लाम, ब्रेक असिस्ट लगायतका फिचर्स दिइएको छ।

यसमा ४२० लिटरको बुट स्पेस लिइएको छ। कम्पनीले सागा स्ट्याडर्ड एमटीको ३५ लाख ५० हजार र सागा प्रिमियम एटीको ३९ लाख ५० हजार निर्धारण गरेको छ।