काठमाडौँ। नेपालमा पछिल्लो समय फोक्सोका रोगी धेरै देखिन थालेका छन् । विभिन्न संक्रमण र प्रदूषणका कारण फोक्सोमा समस्या देखिन्छ । फोक्सोमा लाग्ने मुख्य रोग अस्थमा र सीपीपीडी हुन् । सानै उमेरमा फोक्सोको रोग देखिनु राम्रो लक्षण होइन । तर, पछिल्लो समय बच्चाहरूमा दीर्घकालीन फोक्सो रोगको समस्या धेरै देखिएको छ ।

विश्व स्वास्थ्य संगठन फोक्सोको संक्रमण भयावह भएकोमा चिन्तित छ । डब्लुएचओको प्रतिवेदनअनुसार नेपालमा धेरैजसो बच्चा श्वास नलीसँग सम्बन्धित रोग (सीओपीडी) का कारण ग्रसित छन् । यो रोगको निदानका लागि सरकारले प्रभावकारी कदम नचाले भविष्यमा यस्तो रोगीको संख्या बढ्दै जाने डब्लूएचओले चेतावनी दिएको छ । प्रत्येक दिन जन्मनेमध्ये २० बच्चामा फोक्सोको रोग देखिएको छ ।

बच्चामा दीघकालीन फोक्सोको समस्या

नवजात शिशुमा फोक्सोको समस्या देखिँदा सास फेर्न गाह्रो हुन्छ । फोक्सोमा पानी जम्दा हावा रोकिन्छ, जसले शिशुको अवस्था निकै चिन्ताजनक हुन पुग्छ । कतिपय बच्चामा सुरुदेखि नै फोक्सोको समस्या देखिने गर्छ ।

क्रोनिक (दीर्घकालीन) फोक्सोका विरामी बच्चा उपचारपछि ठीक हुन्छन् । तर, त्यसका लागि समयमै उपचारको आवश्यकता पर्छ । क्रोनिक फोक्सोका रोगलाई ब्रोन्कोपल्मोनरी डिस्पेलेसिया पनि भनिन्छ ।

समयभन्दा अगावै जन्मेका बच्चामा क्रोनिक रोग देखापर्छ । जो बच्चा २६ हप्तमा जन्मिन्छन् वा तौल एक किलो (२.२ पाउन्ड) हुने गर्छ तिनमा यो समस्या धेरै देखिन्छ । समयभन्दा अगावै जन्मने बच्चाको फोक्सो पूर्ण विकसित भइनसक्ने हुँदा यो समस्या देखिने गरेको चिकित्सकहरूको भनाइ छ । यस्ता बच्चामा निम्नप्रकारका क्रोनिक समस्या देखापर्छ :

भेन्टिलेटर प्रयोग गर्दा फोक्सोमा लाग्ने चोट

प्रिमिच्योर (समयभन्दा अगावै जन्मने) कतिपय बच्चालाई उपचार आवश्यक हुन्छ । उनीहरूमा रेस्पेरेट्र डिस्ट्रेस सिन्ड्रोम (श्वास संकट) भएमा उपचार गरिहाल्नुपर्छ । सास दिने र धेरै अक्सिजन दिन प्रयोग गरिने भेन्टिलेटरले बच्चाको फोक्सो बिगार्छ ।

 

पूर्ण विकसित भइनसकेका बच्चाको फोक्सोमा तरल पदार्थ जम्ने अत्यधिक सम्भावना हुन्छ । शल्यक्रियाका माध्यमबाट जन्मेका बचचाको फोक्सोमा पानी भरिने गर्छ । समयअगावै जन्मेका बच्चामा फोक्सोको समस्या देखिने र त्यो रेस्पेरिट्री सिन्टयालवायरस (आरएसवी) का कारण हुने गर्छ ।

दीर्घकालीन फोक्सो रोगको लक्षण

दीर्घकालीन (क्रोनिक) फोक्सोका विरामी बच्चामा जन्मेको तीन दिनमै यो रोगको लक्षण देखिन्छ । यो रोग लाग्नुअघि बच्चालाई श्वास लिनसमेत अप्ठेरो हुन्छ ।

घुर्दै या तीव्र रूपमा सास फेर्नु
नाक रातो हुनु
श्वास लिन गर्धन, छाती र पेटको मांसपेशीको सहायता लिनु ।
छिटोछिटो सास लिनु, सास लिँदा अनौठो किसिमको आवाज आउनु
खाना खाँदा चाँडै थाक्नु
छाला, ओठ र जिब्रोमा रगत नदेखिनु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय