दमक/ दमकमा सञ्चालित लाईफलाईन अस्पताल प्रालिको नया सञ्चालक समिति चयन भएको छ । २२ औं साधारणसभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नया सञ्चालक समिति चयन गरेको हो ।

मंगलबार सम्पन्न सधारणसभाबाट डा. भट्टराईको अध्यक्षतामा चयन भएको सञ्चालक समितिका सदस्यहरुमा डा. तिलकचन्द्र शाह, डा. सुर्य नारायण शाह, भीम प्रसाद पौडेल, वालचन्द्र सुब्बा, प्रेम बहादुर देवकोटा, देवकी देवी भट्टराई, बिक्रम कुमार साह र राजकुमार भट्टराई रहेका छन । २०५६ सालमा दमक ५ मा स्थापना भएको सो अस्पतालमा हाल सय बेड रहेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अस्पतालले थेरापी सेवा समेत सुरु गरेको छ । साधारण सभाको अवसर पारेर शुरु गरिएको सो सेवाको अस्पतालका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराईले उदघाटन गरेका थिए ।