गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताएका छन् ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उनले मगर समुदायका माघे सङ्क्रान्ति, थारू समुदायका माघी, गुरुङ समुदायका माङी ल्हें, छन्त्याल समुदायका छार म्हेङ, तीन गाउँले थकाली समुदायका नयाँ वर्ष २१४८ (गाई वर्ग–ल्हाङल्हो) का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“नेपाल सरकारले माघे सङ्क्रान्तिलाई औपचारिकरूपमा मगर तथा थारू समुदायको राष्ट्रिय पर्वको मान्यता दिएको छ”, उनले सन्देशमा भनेका छन्, “यसलाई मुलुकका प्रायः सबै समुदायले धुमधामका साथ परम्परागतदेखि नै मनाउँदै आएको पाइएको छ ।”

विभिन्न समुदायमा यसलाई फरक–फरक नामले पुकारिए पनि समग्रमा माघे सङ्क्रान्ति पर्व जाडोको अन्त्य हुने र न्यानोको आगमन हुने दिन  भएको सन्देशमा उल्लेख गरिएको छ ।  सन्देशमा भनिएको छ “ पूर्वजहरु कन्दमूलबाटै जीवनयापन गरेको दिनलाई पनि यस पर्वले पुनः स्मृतिको ऐतिहासिक सम्झना हाम्रा पुसमा पकाएर माघमा खाने तरुल, सखरखण्ड आदि फलहरु खाने चलनको निरन्तरता कायम रहिआएको उदाहरणबाट माघे सङ्क्रान्ति पर्वको नेपाली समुदायमा अत्यन्त ठूलो महिमा छ भन्ने प्रमाणित हुन्छ । ”