काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि शुक्रबार माघ २ गतेदेखि आयोजना गर्ने भएको छ ।
फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिभल सन् २०१७ देखि नियमित रूपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकलाई मनोरञ्जनसमेत प्रदान गर्छ ।
एक सातासम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिभलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलोपटक लाइभ म्युजिकसमेत आयोजना गर्दैछ । सो लाइभ म्युजिक इभेन्टमा ज्योभन भुजु, सञ्जय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन् ।
फुडमाण्डूको अनलाइन फुड फेस्टिभलमा पहिलोपटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केही दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा विस्तार गरेको थियो । अब भने पोखरेलीले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् ।कम्पनीले वार्षिक रूपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५ सयरुपैयाँबराबरको २५ प्रतिशतसम्मको डिस्काउन्स अफर दिनेछ । त्यसैगरी कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुविधा दिनेछ ।
अनलाइन फुड फेस्टिवलमा कम्पनीले १ मा नै ग्राहकलाई खानेकुरा उपलब्ध गराउनेछ भने फुड फेस्टिभलमा राखिएका गेम खेलेर थप डिस्काउन्टसमेत प्राप्त गर्नसक्नेछन् ।
अनलाइन फुड फेस्टिभलमा फोनपेमार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ । ‘हामीले अनलाइन फुड फेस्टिवल आफ्ना ग्राहकलाई अनलाइनमार्फत फुड अर्डर बिक्री गर्ने मात्र नभएर ग्राहकलाई मनोरञ्जनसमेत गर्न चाहन्छौं । यस वर्ष हामी फुड फेस्टिभलमार्फत उत्कृष्ट खानासहित लाइभ म्युजिक परफरमेन्समार्फत मनोरञ्जनसमेत प्रदान गर्नेछौं,’ कम्पनीका माकेटिङ एन्ड सेल्स म्यानेजर श्याम मालीले भने । अझ यसपटक हामीले पोखरामा समेत अनलाइन फुड फेस्टिभल आयोजनागर्ने हुँदा थप उत्साहित भएका छौं ।
उनकाअनुसार ग्राहकले अनलाइन फुड फेस्टिभलमा विभिन्न गेममार्फत भारी डिस्काउन्टसमेत प्राप्त गर्नेछन् । फुडमाण्डू अनलाइन फुड फेस्टिभलमा नेपालका उत्कृष्ट रेस्टुरेन्ट सहभागी छन् जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्ट सहभागी हुनेछन्, जसले ग्राहकलाई नौलो र उत्कृष्ट स्वादसहित खानेकुराको प्याकेज ग्राहकलाई उपलब्ध गराउनेछन् ।



