भद्रपुर । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा झापाको भद्रपुरमा शुक्रबार बिहान प्रभातफेरि निकालिएको छ । जिल्ला विपद व्यवस्थापन समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत गरिएको थियो ।

जिसस प्रमुख सोमनाथ पोर्तेलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालमा वि.सं. १८९० देखि २०७२ सालसम्ममा भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिबारे जानकारी दिए ।
कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ, शघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका प्रमुख राजेन्द्र खतिवडा, आधिकारिक ट्रेड यूनियनका अध्यक्ष लक्ष्मी गुरागाईँलगायतले कमजोर भवन बनाउँदा पुग्ने क्षति, भूकम्पबाट जोगिने आधारभूत जानकारी र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको भवन बनाउन गाउँगाउँमा सचेतना कार्यक्रमको आवश्यकता अझै गर्न आवश्यक रहेको बताए ।

कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, अनुसन्धानका निर्देशक तिलक शर्मा, जिल्ला समन्वय अधिकारी रुदै न्यौपाने, कार्यालयका प्रमुख, कर्मचारीहरुलगायत सहभागी प्रभातफेरिमा ‘सुरक्षित भवन बनाउन राष्ट्रिय भवन संहिताको अनुसरण गरोैं, भूकम्पनीय विपदबाट सुरक्षित हुने सम्पूर्ण नागरिकको अधिकार, घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर’लगायतका नारा लेखिएको प्लेकार्ड बोकिएको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूकम्प दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी झापाले जिल्ला कारागारमा रहेका कैदी बन्दीका लागि न्यायो ओड्ने १०० थान कम्बल कारागार प्रमुख राजेन्द्र गौतममार्फत हस्तान्तरण गरेको थियो । कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा भूकम्प आउँदा सुरक्षित रहने तरिका बारे ‘डेमो’ गरेर देखाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah