काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहमा लागेपछि योगेश भट्टराईलाई बैगुनी केटाकेटी’को संज्ञा दिएका छन् । शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई बैगुनी भएको बताए ।

उनले भने, ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ ।’

योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको उनले बताए। ‘हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने, एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन,’ उनले भने .

नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने ओलीको भनाइ थियो ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङको चुनावी सभामा ओलीले ‘तपाईंहरु योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु, मन्त्री बनाउने जिम्मा मेरो’भनेर भाषण गरेका थिए।

पछि ओलीले मन्त्री बनाए पनि प्रतिनिधिसभा विघटनको निर्णयप्रति आपत्ति जनाउँदै भट्टराईसहित प्रचण्ड-नेपाल समूहका सातजना मन्त्रीले गत पुस ५ गते सामूहिक राजीनामा दिएका थिए। यतिबेला प्रचण्ड नेपाल समूहमा भट्टराई ओलीविरुद्धको मार्चाको अग्रपंक्तिमा देखिएकाले ओलीले उक्त कटाक्ष गरेको देखिन्छ ।                          https://m.youtube.com/watch?v=P4tOwYj_qGM&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah