बेनी : म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई अबैध भरुवा बन्दुक सहित शनिबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए।

‘फगामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी पठाएका छौं’, उनले भने, ‘उनको साथबाट भरुवा बन्दुकको साथै एक हजार ३८० ग्राम बारुद, काँटी सहितको १ थान सलाई, खैनीको डिब्बा भित्र केपहरु, तीन वटा फलामको रड बरामद गरिएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फगामीको घरबाट बरामद भएको बन्दुकको लाइसेन्स नभएकाले अबैध भएको प्रहरीले जनाएको छ। म्याग्दीमा अबैध हात हतियार बन्यजन्तुको चोरी शिकारमा प्रयोग हुने गरेको गुनासो छ।