काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाविरुद्धको भ्याक्सिन नेपाल ल्याउने विषयमा भारतसँग छलफल भएको बताएका छन्। तीन दिने भारत भ्रमण सकेर नेपाल फर्किएका ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा भ्याक्सिन आपूर्तिबारे छलफल भएको बताएका हुन्।

दुई देशबिचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन आफ्नो भ्रमणले योगदान पुगेको बताएका उनले भने, 'नेपाल-भारत संयुक्त आयोगको बैठकमा कोभिड-१९ को भ्याक्सिनको आवश्यकता पूर्ति गर्नेबारे भारतसँग छलफल भएको छ। नेपाललाई प्राथमिकतामा राखेको विषय उहाँ (भारतीय पक्ष)हरूले जानकारी गराउनु भएको छ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने विषयमा पनि छलफल भएको उनको भनाइ छ।

नेपालले शुक्रबार मात्र भारतीय कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन कोभिसिल्डलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।