राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।
उनले डा. भट्टराईको नाम उल्लेख नगरी अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्ने तर्फ उद्यत रहेको देखिने बताएका छन् ।
डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौँ भनेका थिए ।
उनले लेखेका छन्,'संविधानमा रहेका अस्पष्टता/विवाद निरूपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा "प्रतिनिधिसभा पुनःस्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौँ"भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्ने तर्फ उद्यत रहेको देखिन्छ ।'
https://twitter.com/KTnepal/status/1351075335819976714?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1351075335819976714%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F130918%2F2021%2F1%2F18%2Fkamal-thapa-










