बुटवल । दुर्घटना न्यूनिकरणको लागि लुम्बिनी प्रदेशमा टिपरलाई टाईमकार्ड लागू गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई सोमबार (आज) देखि टाईमकार्ड लागू गरेको हो ।

तिव्र गतिमा सवारी चलाएका कारण दूर्घटना बढेको भन्दै न्यूनिकरणको लागि टाईम कार्ड लागू गर्र्नुपरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । टाइम कार्ड लागू भएपछि पाल्पाको दोभानदेखि बुटवल धागो कारखाना रामनगरसम्मको ११ किलोमिटर दुरीमा प्रति घण्टा २० किलोमिटरको गतिमा ३३ मिनेटको समयमा पुग्नुपर्ने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

ट्राफिक व्यवस्थापन तथा दूर्घटना न्यूनिकरणका लागि बुटवल–भैरहवा सडकमा सवारीका साधनहरुले लेनको प्रयोग सम्बन्धि सचेतना अभियान सञ्चालन गरिने प्रहरी नायव उपरीक्षक विकले जानकारी दिए ।

गतवर्ष भन्दा सवारी दुर्घटनामा वृद्धि

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको श्रावणदेखि पुष मसान्तसम्म ६ महिनाको अवधिमा ५६६ सवारी दुर्घटना भएका थिए भने चालू आर्थिक वर्षको श्रावण १ देखि पुष मसान्तसम्म ६३७ दुर्घटना भएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा १२ दशमलव ५४ प्रतिशतले बढी हो ।

यसैगरी गत वर्षको अघिल्लो ६ महिनामा २७६ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए भने यो वर्षको ६ महिनामा २५६ जनाले ज्यान गुमाएका छन् । यो वर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा पुरुषको संख्या बढी छ । ४१ जना महिलाले ज्यान गुमाउँदा १९५ पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् । कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनाको अवधिमा १८ बालक र २ बालिकाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी गत वर्षको अघिल्लो ६ महिनामा ८८१ जना घाइते भएका थिए भने यस वर्षको पछिल्लो ६ महिनाको अवधिमा ९२४ जना घाइते भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८८ प्रतिशतले बढी हो ।

कार्यालयले संकलन गरेको तथ्याङ्कअनुसार ६ महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८२८ जनालाई कारबाही गरेको छअघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ हजार ६७३ जना कारबाहीमा परेका थिए । मापसे कारबाहीबाट प्रहरीले यो वर्ष ८ लाख २८ हजजार राजश्व संकलन गरेको छ भने अघिल्लो वर्ष २६ लाख ७३ हजार राजश्व संकलन गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah