झापा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् ।

उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरु मध्ये हामी निवेदकहरुको समेत हस्ताक्षर रहेको र नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांदसहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं ।’ उनीहरुले अविश्वास प्रस्तावमा आफूहरुले गरेको हस्ताक्षर फिर्ता लिएको पनि बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड