तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् । दुई समूह बिच केन्द्रदेखि स्थानीय तह हुँदै वडासम्म एकअर्कामा चर्को रुपमा आरोप र प्रत्यारोप चलिरहदा तुलसीपुरबाट भने उद्योगी व्यापारीहरुले यस्तो सन्देश दिएका हुन ।

तुलसीपुर उद्योगबाणिज्य संघको निर्वाचन निजीकिँदै गर्दा व्यवसायीहरुको संयुक्त भेलाले नेकपाबाट बाणिज्यसंघको निर्वाचनमा एउटै उमेदवार उठाउने निर्णय गरेको छ । नेकपा दाङको उद्योग बिभाग सहसंयोजक यज्ञबहादुर केसीको अध्यक्षतामा भएको बैठकले उद्योग बाणिज्य संघको चुनाबमा एक ढिक्का भएर जानका लागि नेकपा उद्योग बिभाग प्रमुख गेहेन्द्र बस्नेतको संयोजकत्व तथा नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरी, सचिब माधव माधव वली, पार्टीका १९ वटै वडाका अध्यक्षहरु, नेकपा तर्फका उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु , संघका पूर्व पदाधिकारी तथा सदस्यहरुसहित एकसय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।त्यस्तै उद्योग बाणिज्य संघको निर्वाचनलाई सर्वसम्म गराउने र यदि चुनाब हुने अबस्था आएमा उम्मेदवारी छनोट गर्नका लागि पाँच सदस्यीय छनोट समिति समेत निर्माण गरिएको छ । गेहेन्द्र बस्नेतको संयोजकत्वमा बनेको समितिका सदस्यहरुमा यज्ञबहादुर केसी, टोपबहादुर घर्ती, मिनराज वली, वेदप्रसाद वली रहेका छन् । तुलसीपुर उद्योगबाणिज्य संघको निर्वाचन फागुन १ हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah