काठमाडौं – युएईको एक कम्पनीले १८० जना नेपाली कामदार माग गरेको छ । दुवई शहरको टारगेट इन्जीनेरिङ नामक एक कम्पनीले सो बराबरको कामदार माग गरेको हो । कम्पनीले मेसिन एसीसटेन्टमा १२० जना पुरष माग गरेको छ । उक्त पदका कामदारलाई मासिक ३८ हजार १०० रुपैयाँ तलव दिने बताइएको छ । यस्तै, रिग्गर पदका लागि ६० जना पुरुष कामदार माग गरिएको छ । उनीहरुको मासिक तलव पनि ३८ हजार तोकिएको छ ।यसका अलावा कम्पनीको नियमअनुुसार ओभर टाइम सुविधा, बार्षिक विदा पनि दिइने छ । दैनिक ८ घण्टा काम गर्नुपर्ने बताइएको छ।साथै खानाको सुविधा पनि दिने बताइएको छ ।यसका लागि नेपालमा कामदार खोज्ने जिम्मेवारी साउन्डलाईन्स रिक्रुटमेन्ट पालिले जिम्मा पाएको छ ।

उक्त कम्पनीमा काम गर्न जाने कामदारले सोही म्यानपावरमा सम्पर्क गर्नुपर्ने हुन्छ । ललितपुर स्थित म्यानपावर कम्पनीको कार्यलयमा माघ १३ र १४ गते कामदारको अन्तरवार्ता लिइने बताइएको छ ।स्वदेशमा हुने मेडिकलको शुल्क स्वयम कामदारले नै बेहोर्नुपर्ने छ । विदेशमा हुने मेडिकल खर्च भने रोजगारदाता कम्पनीले बेहोर्ने बताइएको छ ।यसैगरि, स्वदेशमा हुने बीमाको रकम कामदारले र विदेशमा हुने बीमाको रकम रोजगारदाता कम्पनीले बेहोर्ने छ । साथै, भिषा शुल्क र हवाई टिकट पनि रोजगारदाताले नै बेहोर्ने बताइएको छ ।