काठमाडौं-गैंडाको खाग तस्करका नाइकेलाई नेपाली सेनाले पक्राउ गरेको छ ।

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरका ३२ वर्षीय तारा भनिने वीरमान सिंह प्रजालाई सेनाको टोलीले पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चितवन राष्ट्रिय निकुन्जमा सञ्चालित ‘अपरशेन महाहन्ट–७’ मा खटिएको सेनाको टोलीले आइतबार प्रजालाई पक्राउ गरेको हो।

उनी खाग तस्करका नाइके तथा लुटपाटमा समेत संलग्न रहेको पाइएको सेनाले जनाएको छ। पक्राउ परेका प्रजालाई चितवन राष्ट्रिय निकुन्जको जिम्मा लगाइएको छ।

सेनाले निकुन्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षाका लागि अपरेशन महाहन्ट सञ्चालन गरी गस्ती गर्दै आएको छ।