रुकुम पश्चिम । रुकुम पश्चिमा दुई समूहका युवाहरुबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गरेको छ ।

आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीच भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले हवाइ फायर गरेको हो ।

नेपाली कांग्रेस र नेकपा निकट युवाबीच सामान्य विषयमा सुरु भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाइएको थियो ।

सुरुमा दुई जना युवाबीच विवाद भएको थियो । जसमध्ये एक जना नेकपा र अर्को काँग्रेस निकट थिए । सामान्य विवादले विवादले उग्र रुप लिएको आठबीसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसीले बताए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रण गर्न ९ राउण्ड हवाइ फायर गरिएको हो ।

‘आपसी झगडा प्रहरीसम्म आइपुगेपछि प्रहरीले मिलाउन खोज्दा केही व्यक्तिले चौकीमै ढुंगामुढा गरेछन्,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको छ।’

डिएसपी श्रेष्ठका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ। केही मानिसले प्रहरी चौकीमा ढुंगा हान्दा तीन जना प्रहरीको टाउकोमा चोट लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah