काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतबाट प्रतिनिधि सभा पुन:स्थापना हुन्छ या हुँदैन भन्ने बहसमा जान नचाहेको बताएका छन्। बुधबार बिहान सम्पादकहरूसँगको छलफलमा सोधिएको प्रश्नमा उनले भने, 'संविधान र लोकतान्त्रिक प्रक्रिया मिचिएको छ, हामी यो बहसलाई अदालतले के गर्ला भन्नेतिर लैजान चाहन्नौं।'प्रचण्डले आफूहरु चुनावविरोधी नभएको र हुन नसक्ने बताए। 'अहिलेको प्राथमिकता चुनाव होइन, डिरेल भएको संविधान र लोकतान्त्रिक प्रक्रिया सच्याउने हो', उनले भने।अहिले निर्वाचनमा गएर भाँचिएको संविधान ट्रयाकमा नआउने उनको भनाइ छ। 'चुनाव मुख्य कुरा होइन, संविधान र लोकतान्त्रिक प्रणाली मुख्य कुरा हो', उनले भने।
चुनाव मात्र होइन, संविधान र लोकतान्त्रिक प्रणाली मुख्य कुरा हुन् :पुष्पकमल प्रचण्ड को भनाई
सवालनेपालसंवाददाताबुधबार, ६ माघ २०७७

चुनाव मात्र होइन, संविधान र लोकतान्त्रिक प्रणाली मुख्य कुरा हुन् :पुष्पकमल प्रचण्ड को भनाई
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



