मिर्गौला फेल हुँदा वा ठीक तरिकाले काम नगर्दा नियमित रूपमा डायलोसिस गर्नुको विकल्प हुँदैन । तर, लामो समयसम्म डायलोसिस गर्दा पनि मिर्गौलासम्बन्धी थप खतरा बढेर जान्छ । यस्तो गर्दा पनि मिर्गौला सिस्ट अर्थात् मिर्गौला क्यान्सरको खतरा बढ्ने गर्छ । तर, डायलोसिस र मिर्गौला क्यान्सरको सीधा सम्बन्ध भने हुँदैन ।मिर्गौलाको क्यान्सर हुने एउटा कारण वंशानुगत पनि हो । वंशानुगत कारणले भने कम उमेरमै पनि मिर्गौलाको क्यान्सर हुने सम्भावना हुन्छ । यसकै कारण मिर्गौलामा ट्युमर बन्ने पनि गर्छ ।विभिन्न शारीरिक रोगका कारण पनि मिर्गौला क्यान्सरको समस्यालाई बढाएर लैजान्छ । यदि तपाईंमा उच्च रक्तचापको समस्या छ भने मिर्गौला रोगको सम्भावना पनि अत्यधिक हुन्छ । त्यसैले समय–समयमा उच्च रक्तचापसँगै मिर्गौलाको पनि जाँच गर्न जरुरी हुन्छ ।
अनुसन्धानले भनेको छ कि मोटो मानिसमा मिर्गौला क्यान्सरको सम्भावना पातलो मानिसको भन्दा निकै बढी हुन्छ । यद्यपि, मोटोपनको समस्याका कारण पनि मिर्गौला क्यान्सर हुन सक्छ । खासगरी, यस्ता मानिसमा उच्च रक्तचाप र मधुमेहको समस्या हुन्छ । र, यस्ता रोगको सीधा सम्पर्क मिर्गौलासँग हुन्छ । मोटोपनकै कारण मिर्गौला क्यान्सरको खतरा ७० प्रतिशतले बढेर जाने विभिन्न अनुसन्धानले देखाएका छन् ।



