बुटवल, ७ पुस । डाईनामिक पब्लीक लाईब्रेरीको बुटवल शाखा गठन भएको छ । बुधबार बुटवगलमा भएको छलफलबाट युवा व्यवसायी राजिव खनालको संयोजकत्वमा शाखा गठन गरिएको हो ।
संस्थाको बरिष्ठ उपाध्यक्षमा आविश्कार खनाल, उपाध्यक्षहरुमा आविश्कार पराजुली, आशा कार्की, महासचिवमा बिनोद पौडेल, कोषाध्यक्षमा युवराज बञ्जाडे, सहसचिवमा आयुष पौडेल, सह कोषाध्यक्षमा पारस मरासीनी सर्वसम्मत रुपमा चयन भएका छन् ।
संस्थाको सदस्यहरुमा अच्युत टण्डन, कृष्ण भण्डारी, प्रभात अर्याल, शिशिर न्यौपाने, सविन ज्ञवाली, महेश पौडेल, दिनेश न्यौपाने, रचना पौडेल र स्वीकृति तिवारी चयन भएका हुन् ।
संस्थाको प्रेस सल्लाहकारमा आचार्य प्रदीप, सल्लाहकारमा अशोक गौतम र कानुनी सल्लाहकारमा बिन्दु भुषाल चयन भएका छन् ।
डाईनामिक पब्लीक लाईब्रेरीले जनतामा “पठन संस्कृतिको विकास तथा सकारात्मक सोच सहितको सु – संस्कृत युवा नेतृत्व” लाई मूल कार्य गर्ने बुटवल शाखाका संस्थापक नवनिर्वाचित अध्यक्ष राजिव खनालले बताए।



