नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्कासित गर्ने तयारी भइरहेको बताएका छन् ।संसद विघटनविरुद्ध सुर्खेतमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई पार्टीबाट हटाउने अन्तिम तयारी भइरहेको बताए ।‘केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै गुण छैन । केपी ओली कमिटीभन्दा माथि होइन, पार्टीभन्दा माथि होइन,’ उनले भने, ‘पार्टीमा हाम्रो बहुमत छ, केन्द्रीय कमिटीका तीन सय जना बढी हो कि एक सय बढी ?’प्रधानमन्त्री ओलीले पार्टीको बहुमतलाई नमानेको बताए । ‘बहुमत नमान्ने मान्छेलाई हामीले के भन्ने ? बहुमत कहिल्यै पनि निर्णयको रूपमा आउँछ । यो संसारभरि गरिएको अभ्यास हो, विश्वभरको तरिका हो,’ उनले भने, ‘यो तरिकालाई केपी ओली नामको तानाशाहले मान्दिनँ भन्दा हामीले उहाँको पछिपछि लाग्नुपर्ने बाध्यता छ ? के हामी केपी ओलीका दास हौं, के हामी हनुमान हौं ? हामीलाई कुनै बाध्यता छैन । यो देशमा तानाशाहलाई कुनै स्थान छैन ।’
ओलीलाई साधारण सदस्यबाट पनि निष्कासित गर्न गइरहेका छौं : माधव नेपाल
सवालनेपालसंवाददाताबिहीबार, ७ माघ २०७७

ओलीलाई साधारण सदस्यबाट पनि निष्कासित गर्न गइरहेका छौं : माधव नेपाल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



