४ वर्ष देखि फिल्म विहिन बनेका राजेश हमालले ३० भन्दा बढी स्क्रिप्टको अध्ययन गरेका थिए। फिल्म ‘सकुन्तला’ नराम्ररी डुबेपछि उनले नयाँ फिल्ममा हाम फाल्ने आँट गर्न सकेका थिए। उनले ४ वर्षको अन्तरालमा फिल्म ‘सत्यम’ खेल्ने निर्णय गरेका छन् ।

उनले यो फिल्मको कथावस्तु मन पराएका छन्। उनलाई फिल्मका निर्माता रेसम सापकोटाले नवयुग सिनेमाको ब्यानरमा बन्न लागेको फिल्ममा अनुबन्ध गरेका हुन्। फिल्मका लागि हमालले साइन गरेका भने छैनन्। उनीहरुबीच मौखिक सहमति भएको छ। फिल्ममा भन्दा म्युजिक भिडियोमा रमाउदै आएका हमाल फिल्ममा इन्ट्रेस देखाउन सकेका थिएनन्।

राजेशले खेल्ने भनिएको फिल्म ‘सत्यम’मा अनुपविक्रम शाही पनि अनुबन्कित भइसकेका छन्। उनीसँग कागजी सम्झौता भइसकेको छ। यस फिल्ममा शाहीले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्मको पटकथा रेशम सापकोटाको रहेको छ। पटकथालाई रोचक बनाउन हमाल स्वयं लागिपरेको रेशमले जानकारी दिएका छन्। यस फिल्ममा राजेश हमाललाई दिएको पारिश्रमिकको केहि खुलाइएको छैन ।

हिरोइनको खोजी

फिल्ममा अभिनेताका रुपमा राजेश हमाल नेगेटिभ अभिनेताका रुपमा अनुबिक्रम शाही अनुबन्धित भएपनि अभिनेत्रीको भने टुङ्गो लागेको छैन। यसका लागि दुई मुख्य हिरोइनको खोजी भइरहेको छ । फिल्मका निर्माण टिमले उपासना सिंह ठकुरीसँग कुरा भइरहेको बताएको छ। ऋहिलेसम्म फिल्मका लागि अभिनेत्री नभेटेको र दोस्रो अडिसनमार्फत अभिनेत्रीको खोजि हुने रेशमले जानकारी दिए।

अर्को एक अभिनेताको पनि खोजि भइरहेको छ। दोस्रो हिरोका लागि पल शाह र पुष्प खड्कासँग कुरा भइरहेको सापकोटाको भनाइ छ।

फिल्मको लागत ३ करोड हाराहारीको पुग्ने छ। फिल्ममा संगीत योगेश काजी र कुटुम्ब ब्यान्डको रहनेछ भने गीतलाई सापकोटा आफैले लेखेका छन् । शंकर कार्कीले फिल्मलाई निर्देशन गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah