२५ जेठ,काठमाडौँ । स्वदेशको दुखलाई सम्झेर विदेशमा सुख पाउने आशाले गएका नेपाली दाजुभाईहरुको पिडा र त्यहाँ हुने विभिन्न परिवेशलाई समेटेर बनाउन लागिएको नेपाली कथानक चलचित्र “देश परदेश”को आज चलचित्र विकास बोर्डमा दर्ता भएको छ ।
राजु गिरी प्रोडक्सन र सोनी फिल्मस प्रा ली को संयुक्त लगानीमा निमार्ण हुन लागेको हो । सो चलचित्रमा संगित अर्जुन पोखरेल, द्धन्द रोशन श्रेष्ठ, क्यामेरा रामेश्वर हुमागाई हुन । प्रेम सोनी सुनारको कथा रहेको चलचित्र देश परदेशमा निर्माता स्वयम उनी नै रहेका छन । यो चलचित्रको निर्देशन भने पुराना अनुभवी निर्देशनमा पोख्त राजु गिरीले गर्ने बताइएको छ ।
निकै नै महंगो तरिकाले निमार्ण गरिन लागेको सो चलचित्र देशका विभिन्न ठाँउ, विदेशमा मलेसिया,बेलायत,दुवई, जर्मन र थाइल्याण्डमा गरिने निर्माता सुनारले बताएका छन । यो चलचित्रको लागत करिव तिन करोड भन्दा बढी रहने निर्माण पक्षले बताएको छ ।



