नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल प्रचण्ड पुत्री रेणुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छन्। भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी रेणुले आफूहरुमाथि प्रधानमन्त्री ओलीले राजनीतिक हिंसा गरेको गुनासो गरेकी हुन्। सामाजिक सञ्जाल फेबसुकमार्फत दाहालले छोराछोरीका नाममा पटक पटक व्यक्तिगत प्रहार गरी ओलीले राजनीतिक हिंसा गरेको भन्दै आपत्ति जनाएकी हुन्।'जीवनभर सबै व्यक्तिगत इच्छा र चाहना त्यागेर जनताको हितमा लडेका हौँ। व्यक्तिगत स्वार्थमा नलागेर सेवामा समर्पित हुनु कमजोरी हो ?', उनले सोधेकी छन्, 'बाले राजनीति गर्ने अनि छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने थियो ?'उनले प्रधानमन्त्री ओलीले आफ्नो गुट, आसेपासे र साइबर सेनामा भर्ती भएकाबाहेक अरुलाई केही नगरेको आरोप पनि लगाइन्। नेकपाका दुई समूहबीच विवाद बढ्दै गएका बेला प्रचण्ड र ओलीबीच व्यक्तिगत तहमा झरेर आरोप प्रत्यारोप भइरहेको छ। पछिल्लो पटक एक टेलिभिजन अन्तर्वार्तामा दाहालले ओलीका सन्तान नहुनु उनकै दोष भन्दै कटाक्ष गरेका थिए।
ओलीले राजनीतिक हिंसा गरे हामीमाथि:रेणु दाहाल
सवालनेपालसंवाददाताशुक्रबार, ८ माघ २०७७

ओलीले राजनीतिक हिंसा गरे हामीमाथि:रेणु दाहाल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



