नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्राधनमन्त्री केपी शर्मा ओलीसँग बिहीवार भेट गरेर अमेरिकी राष्ट्रपति जो बाइडनको प्राथमिकताका विषयमा चर्चा गरेका छन् ।

अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा प्रकाशित समाचारअनुसार, बाइडन प्रशासनले नेपाल तथा अन्य मुलुकसँग मिलेर जलवायु परिवर्तन, आणविक प्रसार, साइबर वारफेयर र कोभिड–१९ जस्ता विश्वव्यापी महामारी लगायतका साझा चुनौतीको सामना गर्न चाहेको राजदूत बेरीले जानकारी गराए ।

नयाँ प्रशासनले विश्वव्यापी सम्पर्कका लागि कूटनीतिलाई प्राथमिक साधन बनाउने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई बताए । नेपाल लगायतका लोकतान्त्रिक मुलुकहरूसँग अमेरिकाको साझेदारीलाई पुनर्ताजगी दिन अमेरिकाको जोड रहने पनि बाइडनको भनाइ छ ।

जलवायु परिवर्तनको अग्रमोर्चामा नेपाल पनि रहेको राजदूत बेरीले स्वीकार गरे । सगरमाथा संवादलाई सफल बनाउन तथा मिलेर जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न छलफल गर्ने अमेरिकी दूतावासको इच्छा रहेको पनि राजदूत बेरीले सन्देश दिए ।
बाइडन प्रशासनले मानवअधिकारमा पनि जोड दिने सन्देश राजदूत बेरीले दिएका छन् ।

अमेरिकाको नयाँ प्रशासनको विश्वव्यापी प्राथमिकताका विषयमा नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग राजदूत बेरीले उच्चस्तरीय भेटघाट गर्नेछन् । त्यसैको कडीका रूपमा उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah