आन्दोलनरत् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा मात्र नभई अब उनले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको बताएका छन्।‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ शुक्रबार सो पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक कदमको विरोध गरेको उनले बताए।उनले अहिले देशका बिभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनले बताए।
ओलीले संसद मात्र होइन,शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोज्दैछन्:प्रचण्ड
सवालनेपालसंवाददाताशुक्रबार, ८ माघ २०७७

ओलीले संसद मात्र होइन,शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोज्दैछन्:प्रचण्ड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



