हिउँदयाममा केटु हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकाे नेपाली टाेली स्वदेश फर्किएकाे छ।

विश्वको दोस्रो अग्लो हिमालमा आरोहण गरेका १० जना मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले गत माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए।

नेपाल पर्वतारोहण संघले आरोहीहरुलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरेकाे हाे। स्वागतका लागि टानका प्रतिनिधिसमेत विमानस्थल पुगेका थिए।

नेपालका निर्मल पुर्जा, मिङमा जी शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए।

उनीहरुका स्वागतका लागि विमानस्थलदेखि तीनकुने, नयाँबानेश्वर, भद्रकाली सुन्धारा हुँदै ठमेलसम्म मोटरसाइकल र्‍याली गरिएकाे थियो।