बिराटनगर,माघ-१३ गते ।सुनसरी रामधुनी-७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । हिजो दिउसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी-६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका सदाको धरान घोपामा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी संखुवासभा पाचखपन-३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा सहचालक पाचखपन-६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
दुर्घटनाबाट दुई सहचालकको मृत्यु
सवालनेपालसंवाददातामंगलबार, १२ माघ २०७७

दुर्घटनाबाट दुई सहचालकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



