सम्पादकीय

पत्रकार महासङ्घका ६पूर्वाध्यक्ष पुरस्कृत


  काठमाडौँ   सवालनेपाल   २०७७ माघ १३, १४:०९

नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत हुनुभएको छ । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको छ ।सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार छ । टीकानिधि पुरस्कार–२०७५बाट विश्वबन्धु भण्डारी र २०७६बाट प्रदीप काफ्ले पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही रु दश हजार छ । यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु दश हजार छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएबापत उहाँहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उहाँहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पत्रकार शहरमुखी मात्रै हुन नहुनेमा जोड दिनुभयो ।१७१ भायल कोभिड भ्याक्सिनकोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो । सो खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीलाई आज हस्तान्तरण गर्नुभयो ।स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार एक भायलबाट दश जनालाई खोप लगाउन सकिन्छ ।

दाताका भरमा आश्रम

व्यास नगरपालिका–५चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।आश्रममा हाल चार महिला र दुई पुरुषले आश्रय लिइरहेका छन्। जिल्लाकै विभिन्न ठाउँका असहाय वृद्धवृद्धालाई आश्रममा आश्रय दिइएको छ । आश्रम सञ्चालनका लागि मासिक करीब रु ३५÷४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।दाताको सहयोगले आश्रम सञ्चालनमा सहज भएको छ। विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमका सचिव निर्मला मल्लले जानकारी दिनुभयो ।“व्यक्तिहरुले जन्मदिन, पुण्यतिथिलगायत अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगको कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”,मल्लले भन्नुभयो । विभिन्न पेशा –व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको मल्लले बताउनुभयो ।

तीस महिलाबाट शुरु भएको आश्रममा अहिलेको सदस्य सङ्ख्या ३३० पुगेको छ।असहाय एवं आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको मल्लले जानकारी दिनुभयो ।स्थापनाकालमा ३० महिलाले रु एकएक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायत सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमका कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ,” उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरीद गरी भवन निर्माण गरेको छ । विसं २०७२ आयोजित महायज्ञबाट सङ्कलित रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरीद गरी भवन निर्माण गरिएको छ ।

व्यास नगरपालिका–११ मूलपानीकी विमला भट्टराई आश्रममा बस्न थालेको पाँच वर्ष भयो । आश्रममा बस्दा उहाँलाई घरपरिवारमै बसे जस्तो अनुभूति हुन्छ । “विविध कारणले आश्रममा आइपुगेँ, यहाँ बस्दा आफ्नै घरपरिवारमा बसे जस्तै अनुभूति हुन्छ,” उहाँले भन्नुभयो, “हामी जस्ता वृद्धवृद्धाका लागि यो आश्रम वरदान सावित भएको छ ।”

बेल्जियमबाट रु एक लाख सहयोग

म्याग्दे गाउँपालिका थर्पु निवासी पदम गुरुङ र उहाँकी धर्मपत्नी मीराले आश्रमका लागि रु एक लाख सहयोग गर्नुभएको छ । हाल बेल्जियम बस्ने गुरुङ दम्पतीले आश्रम सञ्चालनमा सहयोग पु¥याउन रु एक लाख सहयोग गरेको हो । दिदीबहिनी सक्रिय भएर सामाजिक सेवामा लाग्दा र आफूले सहयोग गर्न पाउँदा खुशी लागेको गुरुङले बताउनुभयो ।गुरुङले यस अगाडि पनि आश्रमलाई रु १५ हजार सहयोग गरिसक्नुभएको छ । बेल्जियमबाट पनि आगामी दिनमा थप सहयोग गरिने. गुरुङले प्रतिबद्धता जनाउनुभयो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु