बिराटनगर, माघ १३ गते ।प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बिधिवत रुपमा समुद्घटान गर्नु भएको हो । प्रहरी चौकी डुम्राहाको २ तले सुबिधा सम्पन्न भवन UNOPS को सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । भवन समुद्घटान समारोहलाई सम्बोधन गर्नुहुँदै प्रनामनि कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । साथै सोही कार्यक्रमको अवसरमा प्रमुख अतिथि कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता तथा भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोशल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रम UNOPS का प्रतिनिधी, स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
प्रहरी चौकी डुम्राहाको नव निर्मित भवनको समुद्घटान
सवालनेपालसंवाददातामंगलबार, १२ माघ २०७७

प्रहरी चौकी डुम्राहाको नव निर्मित भवनको समुद्घटान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



