जुम्ला – जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडा–बाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

२०७७ माघ १३ गते राति ७ बजे तिला गाउँपालिकाको गुठी भन्ने गाउँमा आगलागी भएको थियो । यस गाउँका ५५ बढी घरमध्ये दुई वडाका ३० घर जलेर नष्ट भएका छन् । घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर टाढा निकै दुर्गममा भएकाले समयमै सुरक्षा निकाय पुग्न नसक्दा, स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले बताएका छन् ।

आगलागीको खबरपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन थापा मगरको कमाण्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक (सई) झुपेन्द्रबहादुर शाहीको कमाण्डमा तीन जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा तीन जनाको टोली खटेर क्षतिको विवरण लिइरहेको छ ।

प्रहरी त्यहाँ नपुग्दै बस्ती नै जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय धनबहादुर रोकायाले हिउँदे सिजनमा भण्डार गरेको अन्नसमेत जलेर नष्ट भएको बताउनुभयो । गाउँमा खानेपानीको एकधारा थियो, त्यसबाट आउने पानीले निभाउन नसकिएको स्थानीयले जनाएका छन् ।

चुलोबाट आगो सल्किएको आशङ्का

स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट आगो सल्किएको अनुमान गरिएको बताउनुभयो । गाउँभरि सल्किएको आगो निभाउन नसकिएको र टुलटुलु हेर्नुबाहेक केही उपाय नलागेको उहाँले गुनासो पोख्नुभयो । गाउँलेले हरप्रयास गरेको तर काठका छत भएका घर भएकाले आगो निभाउन नसकिएको बताइएको छ ।

एकै गाउँका धेरै घर जलेर नष्ट भएपछि राहत र पुनर्स्थापनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा बैठक बसेर छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah