काठमाण्डु – काठमाण्डु उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ ।

गत महिना काठमाण्डुको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि क्रमशः विस्तारै घटेको थियो । आज बिहान काठमाण्डु उपत्यकाको वायु प्रदूषण फेरि बढेसँगै काठमाण्डु अहिले विश्वकै नवौं प्रदूषित शहर बनेको छ ।

बिहीबार बिहान ९ः१९ बजेको काठमाण्डुको एक्यूआई १८२ रहेको छ । कीर्गिस्तानको बिश्केक ४७३ एक्यूआईसहित पहिलो स्थानमा छ ।

पाकिस्तानको कराँची २५३ सहित दोस्रो, भारतको दिल्ली २४१ सहित तेस्रो तथा बंगलादेशको ढाका २३९ सहित चौथो स्थानमा छ । दक्षिण एसियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान र बंगलादेश सबैभन्दा धेरै प्रदूषित देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय