काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै भैँसी पूजा गर्नुभन्दा पशुपतिनाथको पूजा गर्नु राम्रो भएको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओली पशुपतिनाथ पुगेको र तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष दाहालले भैँसी पूजा गर्दै गरेको तस्बिर राखेर उनले यस्तो लेखेका हुन्।सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “प्रधानमन्त्री एवम् पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान साढे ८ बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवम् विशेष पूजा र दीप प्रज्ववलन गर्नुभयो।सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो । पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ।दैनिक हजारौँ जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ।दोस्रो तस्बिर–पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैँसी पूजा गर्नुभएको थियो।भैँसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वाभाविक मानिँदैन।बुझ्ने आआफ्नै स्तर हुन्छ । फरक चाहिँ यत्ति हो।”
भैँसी पूजाभन्दा पशुपतिनाथमा पूजा स्वाभाविक:प्रधानमन्त्रीका सल्लाहकार
सवालनेपालसंवाददाताबिहीबार, १४ माघ २०७७

भैँसी पूजाभन्दा पशुपतिनाथमा पूजा स्वाभाविक:प्रधानमन्त्रीका सल्लाहकार
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



