१५ माघ, काठमाडौं।नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन्।पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताए।केपी ओलीले देशलाई कालो सुरुङमा हालेको प्रचण्डले आरोप लगाए । तर, ओलीको त्यो प्रयास विफल बनाउने प्रचण्डले बताए । ‘जनता नै त्यस्तो निर्णायक शक्ति हो, आफैंले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम छन्’,प्रचण्डले भने।

बैठकलाई अर्का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए।ओलीले संघीयता,गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको नेपालको भनाइ थियो ।तर,प्रतिगमनविरुद्ध जनता सडकमा ओर्लिसकेकाले ओलीको प्रयास विफल हुने पनि उनले बताए।यो समूहले माघ २८ मा राजधानीमा विशाल जनप्रदर्शनको तयारी गरेको छ । त्यसअघि माघ २२ मा मोटरसाइकल ¥याली निकाल्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय