काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन्।जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले २०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको आरोप लगाएका हुन्।नेता नेपालले भने त्यतिबेला बजेट पारित भएपछि सरकार छाड्ने सहमति ओलीले कार्यान्वयन नगरेको बताउँदै आएका छन्।त्यतिबेलाको तीनबुँदे मौखिक सहमति कार्यान्वयन गर्न ओलीले इन्कार गरेको उनको तर्क छ।तर, ओलीले तत्कालीन एमालेका नेताहरूकै कारण सरकार ढलेको बताएका हुन् । उनले तीन महिनापछि प्रचण्ड, माधव नेपालसहितका नेताहरू नागरिक समाजमा रूपान्तरण हुने बताए । प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको उनको निष्कर्ष थियो।अहिले आफ्नो समूहकोजस्तो अनुशासित, मर्यादित पार्टी अर्को नरहेको जिकिर पनि उनले गरे।पार्टी, आन्दोलनलाई दुःख दिइरहने पिलो निचोरिएर गएकाले पार्टी निर्वाध चल्न थालेको उनको बुझाइ थियो।
मेरो पहिलो सरकार ढाल्ने माधव नेपाल, झलनाथ र वामदेव नै हुन् :ओली
सवालनेपालसंवाददाताबिहीबार, १४ माघ २०७७

मेरो पहिलो सरकार ढाल्ने माधव नेपाल, झलनाथ र वामदेव नै हुन् :ओली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



