काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको साथबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक समेत बरामद गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन्।

उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला परेपछि पक्राउ गरिएको हो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइने सो वृत्तले जनाएको छ।