काठमाडौं ।नेपाललाई लेसक्यास सोसाइटी बनाउने भन्दैं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुरु गरेको क्यूआर कोड अभियानले तीव्रता पाएको छ।नबिल बैंकको सक्रियतामा यही माघ १६ गते शुक्रबारबाट कुलेश्वरमा रहेको फलफूल थोक बजारमा क्यूआर कोडको शुभारम्भ भएको छ।राष्ट्र बैंकका गभर्नर अधिकारीले उक्त बजार परिसरमा क्यूआर कोड भुक्तानीको शुभारम्भ गरेका हुन्।उनले बैंकले सुरु गरेको नगदरहित कारोबार सेवा (क्यूआर)को सुरुवात गर्दै अब नगद कारोबार हैन, लेस क्यास सोसाइटी होस् भन्ने चाहना रहेको बताए।“अब मलाई धेरै नोटमा हस्ताक्षर गर्ने रहर छैन, मेरो हस्ताक्षर भएको नोट नमुनाको लागि मात्रै रहोस् भन्ने मेरो चाहना छ,”गभर्नर अधिकारीले भने।उनले क्यूआर कोडमा अतिरिक्त खर्च नभएको र सबैको पहुँचमा समेत रहने बताए।“यो नगदरहित लेनदेन मात्रै हैन,पारदर्शितासँग गाँसिएको छ । डेटा एनलाइसिससँग गाँसिएको छ, यसले कुन दिनमा कतिको कारोबार भयो भनेर अध्ययन गर्न पनि सकिन्छ,’’उनले भने । यसले बढीभन्दा बढी नागरिकलाई वित्तीय प्रणालीमा ल्याउने उनको भनाइ छ ।

गभर्नर अधिकारीले फलफूल बजार परिसरभित्रको एक पसलमा फलफूल खरिद गर्दै क्यूआरको माध्यमबाट भुक्तानी गरेका थिए । सोही बजारबाट थोक मूल्यमा फलफूल खरिद गरेर टोलटोलमा साइकल तथा ठेलामा फलफूल बिक्री गर्ने साना व्यापारीको गलामा समेत बैंकको क्यूआर झुन्डिएको छ।बारा घर भएर उक्त बजारबाट थोक मूल्यमा फलफूल खरिद गरी टोलटोलमा फलफूल बिक्री गर्दै आएका मोहमद सुन्तानसँग पनि गभर्नर अधिकारीले फलफूल खरिद गरेर क्यूआरको माध्यमबाट झुक्तानी गरे।फलफूल व्यापारी मोहमदसमेत बैंकको क्यूआर कोडको बैंक खातामा रकम जम्मा हुँदा दंग देखिन्थे।गल्लगल्लीमा गएर फलफूल बिक्री गर्दा पैसा सुरक्षित रुपमा बैंक खातामा जम्मा हुँदा आफूलाई व्यापार गर्न सहज भएको उनको अनुभव छ।करिब एक साताअघिबाट यसरी गलामा क्यूआर झुन्ड्याएर हिँड्न लागेका उनी हरेक दिन १०-१२ जनाले यसरी नै क्यूआरको माध्यमबाट पैसा दिने गरेको सुनाउँछन् ।

उनी मात्रै हैन, भारतको बिहार घर भएर सोही बजारबाट थोक मूल्यमा फलफूल खरिद गरी काठमाडौंका टोलटोलमा गएर व्यापार गर्दै आएका प्रमोद साहको गलामा पनि क्यूआर झुन्डिएको छ ।उनी पनि व्यापार गरेको पैसा सिधै बैंक खातामा भुक्तानी हुँदा दंग छन्।यसले व्यापार गर्न सहज भएको उनी बताउँछन् ।यसरी कारोबार गर्दा पैसा हराउने तथा चोरी हुने डरसमेत नभएको उनीहको अनुभव छ।कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले एउटा बजारमा मात्रै सीमित नभएर यसलाई देशभर बनाउने बताए।हरेक व्यापारी र पसलमा क्यूआर हुनुपर्ने र हरेक नागरिकले क्यूआरको माध्यमबाट भुक्तानी गर्नुपर्नेमा उनको जोड थियो ।नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले पनि क्यूआर कोडलाई विस्तार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah