रुकुम पूर्व : सिस्ने गाउँपालिका–४ स्थित सानीभेरी किनारमा रहेको धाउने नजिकैको तातो पानीमा नुहाउने संख्या बढ्न थालेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि चिसो बढेसँगै तातोपानीमा नुहाउन आउनेको संख्या बढ्न थालेको हो।

तातोपानीमा मंसिरदेखि माघसम्म बिहानदेखि बेलुकासम्म नुहाउने गर्दछन्। विभिन्न ठाउँबाट नुहाउनुका साथै लुगा धुन तातोपानी पुग्ने गरेका छन्।

यहाँ बाह्रै महिना प्राकृतिक रूपमै तातोपानी बगिरहेको हुन्छ। तातोपानीमा नुहाउँदा छालाको रोग निको हुने जनविश्वास छ। यससँगै जाडोमा नुहाउनु स्वास्थ्य प्रदायक फाइदा रहेकाले नुहाउनेको संख्या बढ्दो रहेको सिस्ने‐४ का वडाध्यक्ष दलराज घर्ती मगरले बताए।

नुहाउनेहरू बढ्दै गए पनि तातोपानीको संरक्षण तथा व्यवस्थापनमा भने सरोकारवाला निकायको ध्यान नगएको स्थानीयहरुको गुनासो छ। यता स्थानीय सरकारले भने बेला–बेलामा संरक्षणकोे काम गरिए पनि सानीभेरी नदीको बहावले मिचेर बगाएको बताएको छ। चालु आर्थिक वर्षमा पनि तातोपानी संरक्षणका लागि गाउँपालिकाले सात लाख रुपैयाँ बजेट विनियोजन रहेको निमित्त प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए।

रुकुमपूर्वमा मात्र पाँच तातोपानीको मुहान

सिस्ने‐४ स्थित तातोपानीसँगै पुथाउत्तरगंगा गाउँपालिकामा पनि सानीभरीकै किनारमा चार ठाउँमा तातोपानीको मुहान रहेको छ। रुकुमपूर्वमा मात्र पाँच ठाउँमा तातोपानीको मुहान रहेको छ। पुथा–२ को जार्लुङ, वडा नम्बर २ कै रल, पुथा–६ डिमुरगैरा, पुथा–१२ ओख्मामा तातोपानीको मुहान रहेका छन्।

तातोपानीका मुहानमा नुहाउन हिउँदमा रोल्पा, बाग्लुङ, प्यूठान, सल्यान, रुकुम पश्चिम लगायत जिल्लाबाट सर्वसाधरणहरु आउने गर्दछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah