काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८ स्थित रमणबस्तीबाट २३ लाख ४० हजार रुपैयाँ र २५.२ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको खनियावास गाउँपालिका–४ घर भई टोखा–८ बस्दै आएका ३१ वर्षीय मनिस भनिने दुर्गासिंह तामाङ छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट खैरो हेरोइन २५.२ ग्राम, लागुऔषध तौल गर्ने मेसिन एकथान, नगद नेपाली २३ लाख ४० हजार र बा५९प ५२३८ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर