नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली सामन्तवादीहरूका सामु लम्पसार परेको आरोप लगाएका छन् ।

नेकपाले आयोजना गरेको विरोध सभालाई शुक्रवार विराटनगरमा सम्बोधन गर्दै प्रचण्डले ओलीले प्रतिक्रान्तिकारीको गोटी भएर जनताको अधिकार खोसेको आरोप लगाएका हुन् ।

‘कम्युनिस्ट पार्टीभित्र छिरेका प्रतिक्रियावादी एजेन्टले जनताको सार्वभौम अधिकारमाथि हमला गरेका छन् । संसद् विघटन गरेको होइन, ७ दशक लगाएर बनाएको संविधान विघटन गरिएको हो,’ प्रचण्डले भने, ‘केपी ओली प्रतिक्रान्तिकारीको गोटी भए । हिजो हामी जसका विरुद्ध लड्यौँ राजा महाराजाका धुपौरे केपीको पक्षमा छन्, उनलाई प्रतिक्रान्तिकारीले घेरेका छन् । सामन्तवादीको अगाडि लम्पसार भएका छन् ।’

अध्यक्ष प्रचण्डले केही महिनाभित्र लोकतन्त्र फेरि ट्र्याकमा फर्किने विश्वास व्यक्त गरे । ‘विराटनगरबाट नेपाली कांग्रेसका नेताहरूलाई भन्न चाहन्छु, संसद् पुनःस्थापना हुनैपर्छ, भनिराख्नुभएको थियो र महानायक हुनुभयो,’ प्रचण्डले भने, ‘महानायक हुने पालो हाम्रो पुस्ताको हो, निरंकुशताका अगाडि झुकिने छैन ।’

प्रचण्डले नेकपाको आधिकारिक धार आफूहरू भएको दाबी गरे ।

‘दिउँसै रात पार्न केपीका मान्छेहरू सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङ भत्काएर जनताको सेटिङ स्थापित हुन्छ,’ प्रचण्डले भने । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर