मिस नेवा: नेपालको १५ औं संस्करणका प्रतियोगिहरुले आफुमा अन्र्तनिहीत
प्रतिभा प्रदर्शन गरेका छन्।
नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१ का रुपमा हुने प्रतियोगिताका
प्रतियोगीहरुले कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल
ट्यालेन्ट शोमा आआप्mना प्रतिभा प्रदर्शन गरेका हुन्। ट्यालेन्ट शोमा
प्रतियोगी नेवार सुन्दरीहरुले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्व कला,
चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका
थिए। ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले
सिसंया देगु बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने मनीका खड्गी
कुमारी नृत्य देखाएकी थिइन्। त्यसै गरी रुचिका तण्डुकारले राष्ट्रियता
झल्कने नृत्य प्रस्तुत गरेकी थिइन् भने कृषा महर्जन, सृजा रञ्जितकार,
लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य प्रस्तुत गरेका थिए। पूर्व मिस
नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमा मनिषा महर्जनले
पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले
भायलिन वादन, सौर्या शाहीले वाँसुरी वादन र रीना महर्जनले हस्तकला
प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेइसिन काइकान
कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल
टेलिकमका नायब महाप्रवन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य,
पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका
उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण
श्रेष्ठ निर्णायक रहेका थिए।
मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले
मिस नेवाः नेपालअन्र्तगतको मिस नेवाः नेपाल ट्यालेन्टेड उपउपाधिका लागि
ट्यालेन्ट शो आयोजना गर्ने गरिएको बताए। उनका अनुसार ट्यालेन्ट शोमा
प्रतियोगिहरुले प्रस्तुत गरेको प्रतिभाका आधारमा मिस नेवाः नेपाल
ट्यालेन्टेड चयन गरिने तथा सो उपउपाधि प्रतियोगिताको अन्तिम स्पर्धाकै
दिन घोषणा गरिनेछ। ट्यालेन्ट शो आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा
मानन्धरको सभापतित्व तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको
प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियोे।
नेप्लीज फेसन होमले नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष
चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्र्तगत हरेक वर्ष मिस
नेवाः नेपाल आयोजना गर्दै आएको छ। यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन
७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। मिस नेवाः नेपाल
११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन्।
उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको आयोजक हेमा
मानन्धरले जानकारी गराइन्। नेप्लिज फेसन होमले नेवार समुदायका युवतीहरुका
लागि मिस नेवाः नेपालका अलावा नेवार बालिकाहरुका लागि लिटिल मिस नेवाः
आयोजना गर्दै आएको छ। मिस नेवाः नेपाल ११४१ रोजिन शाक्य र सुनीता डंगोलको
कोरियोग्राफीमा सम्पन्न हुनेछ।



