दमकमा आज सम्म ८ सय ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । आज थप एक सय ९६ जनाले खोप लगाएसँगै दमकमा कोरोना विरुद्ध खोप लगाउनेको संख्या ८ सय ६४ पुगेको हो । आज ७० पुरुष र एक सय २६ महिलाले खोप लगाएको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । खोप आज सम्म लगाउने भनिएपनि अपेक्षकृत सहभागीता नभएकाले थप ३ दिन लगाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय