
राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले ‘मेरो आमाको सेतो सारीमा प्रश्न उठाउने तपाईं को हो ?’ भन्दै नेकपा प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रश्न गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत् उनले नेतृ झाँक्रीले राष्ट्रपतिको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन् ।
‘तपाईं कम्युनिस्ट स्कूलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ भन्ने बुझ्नुपर्ने हो । मेरो ममी एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ, मेरो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले ड्याडीलाई मन पर्ने खाना अचार बनाउन छाड्नुभयो । उहाँका स–साना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
नेतृ झाँक्रीले राष्ट्रपति विद्या भण्डारीतर्फ संकेत गर्दै ‘उनलाई सेतो सारीमा चुनाव लडाउनु गल्ती थियो’ भनेकी थिइन् ।
जननेताको उपनाम पाएका लोकप्रिय नेता मदन भण्डारीको निधनपछि रिक्त भएको काठमाडौं क्षेत्र नम्बर १ मा २०५० को उपनिर्वाचनमा विद्या भण्डारी विजयी भएकी थिइन् ।
त्यसपछि काठमाडौंबाटै क्षेत्र परिवर्तन गरेर चुनाव लड्दा पनि विद्या २०५१ र २०५६ दुबै निर्वाचनमा विजयी भएकी थिइन् ।
राष्ट्रपति भण्डारीका दुई छोरी छन् । उषाकिरण जेठी छोरी हुन् ।
हेर्नुहोस्, उषाकिरणको स्टाटस :
https://www.facebook.com/niruta.sharmathapa.9/posts/261233605590752